ओलीको बैठक सक्किनेवित्तिकै प्रचण्डको बैठक बबरमहलमा शुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा शुरु भएको बैठकमा दाहालका साथै नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको छ ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको बैठक बालुवाटारमा सक्किएको केही छिनपछि दाहाल–नेपाल समूहको बैठक शुरु भएको हो ।

Published : Tuesday, 2020 December 22, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया