बुधबार सात प्रदेशमा ओली समूहको भेला र प्रशिक्षण, प्रचण्ड–नेपाल समूहलाई छिर्न नदिने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम राखेको छ ।

काठमाडौंमा बुधबार सात वटै प्रदेशका अगुवा नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिइने केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले जानकारी दिए ।

‘आजको केन्द्रीय कमिटीको बैठकका निर्णय र पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी दिन बुधबार सात वटै प्रदेशको भेला राखिएको छ’, उनले भने, ‘केन्द्रीय नेताहरूले प्रशिक्षण दिनुहुनेछ ।’

प्रधानमन्त्री ओलीले लिएको संसद विघटन र अन्य विभिन्न विषयमा प्रशिक्षण कार्यक्रममा जानकारी दिइनेछ ।

प्रशिक्षण र भेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेतालाई प्रवेश दिइनेछैन ।

Published : Tuesday, 2020 December 22, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया