ओलीको आह्वानले नेकपाभित्र खैलाबैला, प्रचण्ड–नेपाललाई फेरि तनाब
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् ।
सोमबार देशवासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।
संसद विघटन गरेको दोस्रो दिन ओलीले सम्बोधन गरेका हुन् । उनले वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेका छन् ।
ओलीले मुलुकलाई निकास दिनै पर्ने भएकाले संसद विघटन गरी निर्वाचन घोषणा गरेको बताएका छन् ।
उनले प्रतिनिधिसभालाई दलभित्रको कचिंगलको बन्धक बनाउन नहुने भएकाले विघटन गरेको बताए ।
ओलीले विगतका सबै तिता–पीरा कुरा बिर्सेर निर्वाचनमा सघाउन पार्टीपंक्तिलाई आग्रह गरेका छन् । निर्वाचनले पार्टी एकतालाई बलियो बनाउने ओलीको भनाइ छ ।
‘पार्टीमा केपी ओलीको केही योगदान छैन भन्नेहरूलाई लोकप्रियताको मापन गर्ने अवसर सिर्जना भएको छ’, ओलीले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा पुग्ने नेतालाई पनि अवसर छ ।’
चुनाव लोकतन्त्रको उन्नत अभ्यास भएको भन्दै उनले सरकारले काम गर्न नसके पुनरावेदन गर्न जाने ठाउँ निर्वाचन भएको बताएका छन् ।
कुनै पनि कुरामा नअल्मलिकन निर्वाचनमा केन्द्रित हुन उनले सबैलाई अनुरोध गरेका छन् ।
ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन् ।
ओलीले आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए ।
‘यो आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि थियो’, उनले भने, ‘केही नेताका विकृत र जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको हो ।’
उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकताको निर्णय आम निर्वाचनमार्फत् अनुमोदन भए पनि त्यसपछि राजनीतिलाई जनअपेक्षाअनुरूप अघि बढ्न नदिने गरी विसंगत गतिविधि भएको बताएका छन् ।
ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालप्रति चर्को आलोचना गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया