कांग्रेस निर्वाचनबाट नभाग्ने, आफ्नै ताकतले जितेर देखाउनेः नेता पाण्डे
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डेले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् ।
कांग्रेस नेता पाण्डेले सोमबार ट्वीट गर्दै कांग्रेस आफ्नै तागतमा निर्वाचनमा सहभागी हुने बताए । उनले भने, ‘नेपाली कांग्रेस आफ्नै तागतमा जनताको बीचमा जान्छ । निर्वाचनदेखि भाग्दैन ।’
‘नेकपालाई जनताले दिएको बहुमतको अपमान र संसद भङ्ग गराएको दण्ड आगामी दिनमा दिनै पर्दछ’, कांग्रेस नेता पाण्डेले भनेका छन् ।
‘प्रधानमन्त्रीको कदम असंवैधानिक भएपनि यो अवस्था आउनुमा सिङ्गो पार्टी जिम्मेवार छ’, उनले भने, ‘प्रचण्ड वा माधवकुमार नेपाल वा केपी ओलीसंग कांग्रेस सति जाँदैन ।’
कांग्रेस निर्वाचनबाट भाग्यो भनेर आलोचना गर्नेहरूलाई कांग्रेसका नेता पाण्डेले कांग्रेस कहिल्यैपनि निर्वाचनबाट नभाग्ने बताए ।
ओलीले संसद विघटन गरेपछि कांग्रेससहित नेकपाकै नेताहरूले ओलीको विरोध गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया