कम्युनिस्ट जस्तो लाचार कांग्रेस नहुने, बोल्ड निर्णयसहित देशलाई नेतृत्व दिने
काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।
ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालय सर्वदलीय बैठक बस्नेछ । कांग्रेसले बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निम्तो पठाएको छ ।
कांग्रेसले सबै राजनीतिक दलहरूको सुझाव लिएर बोल्ड निर्णयको तयारीमा छ । कांग्रेसले कम्युनिस्टहरू असफल भएपनि देशलाई असफल हुन नदिने जनाएको छ ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आइतबार संसद विघटन गरेपछि कांग्रेससहितका दलहरूले विरोध गर्दै आएका छन् ।
ओलीका दल नेकपाभित्र पनि संसद विघटनको विरोध भइरहेको छ ।
कांग्रेसले सबैलाई समेटेर मुलुकको वर्तमान परिस्थितिको कसरी सामना गर्ने भनेर आन्तरिक रणनीति र तयारीहरू गरिरहेको छ ।
कांग्रेसले सर्वदलीय बैठकबाट आउने सुझावलाई आधार बनाएर अगाडि बढ्ने योजना बनाएको छ ।
कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएको छ । सो बैठकबाट कसरी बढ्ने भन्ने निर्णय गर्नेछ ।
जनताले सरकार चलाउन कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको बहुमत दिँदा पनि देश चलाउन असफल भएका छन् । कांग्रेसले नै देशलाई अगाडि बढाउन पहल गर्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया