असक्षम कम्युनिस्टहरूको झुठको पर्दाफास भयोः सह–महामन्त्री डा.महत
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले प्रधानमन्त्री केपी ओलीको कदमले संविधान र लोकतन्त्रमाथि गम्भीर आघात पुगेको बताएका छन् ।
ओलीले संसद विघठन गर्ने निर्णय मन्त्रिपरिषदबाट गरेपछि प्रक्रिया दिँदै डा.महतले संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताए । उनले कम्युनिस्टहरू विश्वभरिबाट असफल भएका बेला नेपालमा पनि असक्षम भएर पतनको बाटोमा गएको बताएका छन् ।
उनले जनतासँग निर्वाचनका बेला स्थायित्वको माग गरेर भोट मागेको स्मरण गरेका कांग्रेस नेता डा.महतले तीन वर्षभित्रै जनतालाई गम्भीर धोका भएको बताए ।
कांग्रेसले ओलीको कमदलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताए । उनले हरेक मोडमा ओलीले कांग्रेसको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
कम्युनिस्टहरूले देश चलाउन नसक्ने कुराको पुष्टि भएको उनले बताएका छन् । झुठका कुरा गरेर जनतालाई भ्रममा पारेर झण्डै दुईतिहाइको बहुमत पाएका कम्युनिस्टहरूले कसरी जितेका रहेछन् भन्ने स्पष्ट भएको डा.महतले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया