कम्युनिस्ट सरकारद्वारा सीडीओ, सह–सचिव र उप–सचिवहरूको सरुवा
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले सह–सचिव, उप–सचिव र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार गृह मन्त्रिस्तरीय निर्णय गरे उनीहरूलाई पदस्थापन, सरुवा तथा काज सरुवा गरेको हो ।
गृह मन्त्रालयका सह–सचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ ।
धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरी, गृहका सह–सचिव वासुदेव दाहाललाई धनकुटा, रामेछापका प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मीमा सरुवा गरिएको छ ।
पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई रामेछापको प्रजिअमा पठाइएको छ । खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर वागमती प्रदेश कार्यालयमा पठाइएको छ ।
महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई कारागार कार्यलय झुम्का, सुनसरी पठाइएको छ ।
भोजपुरका प्रजिअ वसन्तराज पुरीलाई ईलाका प्रशासन कार्यालय उदयपुरको कटारी पठाइएको छ ।
अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत कृष्णप्रसाद भण्डारीलाई भोजपुरको प्रजिअ बनाइएको छ ।
गृल्मीका प्रजिअ भरतकुमार शर्मालाई गृह मन्त्रालय र डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयका उप–सचिव माधवप्रसाद ढकाललाई डोल्पा, मुगुका प्रजिअ कृष्णकुमार निरौलालाई सिरहा र गृह मन्त्रालयका उप–सचिव मित्रलाल शर्मालाई खोटाङको प्रजिअमा सरुवा गरिएको छ ।
ईलाका प्रशासन कार्यालय कटारीका उप–सचिव चन्द्रबहादुर सिवाकोटीलाई मुगु, गृह मन्त्रालयका उप–सचिव पुण्यप्रसाद ढकाल र जयराज भण्डारीलाई पाँचथर र तेह्रथुममा सरुवा गरिएको छ ।
तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया