कांग्रेसले जनताको भरोसालाई खेर जान दिन्नः जन्मजय तिमल्सिना
बर्दिया । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय संगठन विभागका सदस्य जन्मजय तिमल्सिनाले कम्युनिस्टहरू सत्ता र भ्रष्टाचारमा लिप्त भएर जनताका सामान्य कुरालाई पनि ध्यान दिन छाडेको बताएका छन् ।
गृहजिल्ला बर्दियामा बिहीबार पार्टीका नेता कार्यकर्ताहरूसँगको अन्तरक्रिया र भेटघाटहरूमा तिमल्सिनाले सरकार भ्रष्टाचारमा लिप्त भएको बताए ।
उनले कोरोना महामारीका बेला समेत कम्युनिस्ट नेता र मन्त्रीहरू भ्रष्टाचार गर्न केन्द्रित रहेको बताए । उनले अब कम्युनिस्टलाई गाउँ र टोलबाट लखेट्ने दिन आएको समेत बताए ।
कार्यकर्ताहरूले मंसिर २९ गतेको कार्यक्रममा जस्तै पार्टीका शीर्ष नेतृत्व मिलेर जान सुझाव दिएका छन् । उनीहरूले गाउँका जनताको आशा र भरोसा कांग्रेस मात्रै रहेको बताएका छन् ।
कांग्रेसका युवा नेता तिमल्सिनाले कांग्रेसले जनताको भरोसालाई खेर जान नदिने बताएका छन् । उनले कांग्रेसले कम्युनिस्टले जस्तो झुटको खेती गर्न नजानेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया