कांग्रेस नेता राणाद्वारा ओलीको बिकल्प खोज्न प्रस्ताव, विद्यादेवी भण्डारीको भूमिका शंकास्पद
कठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणाले प्रधानमन्त्री खड्ग्रसाद ओलीले अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै आलोचना गरेका छन् ।
कांग्रेस नेता राणाले मंगलबार ट्वीट गर्दै संसदलाई ६ महिनादेखि बन्धक बनाएर ओलीले अध्यादेशबाट देश चालउन खोजेको बताए ।
‘६ महिना हुँदैछ संसद् स्थगन गरेको । जनप्रतिनिधिमुलक संस्थालाई बन्धक बनाएर ओलीले अध्यादेशबाट मुलुक चलाउने पुरानै बाटोमा अगाडि बढेका छन्’, कांग्रेस नेता राणाले भनेका छन् ।
‘सर्वसत्तावादको यात्रामा राष्ट्रपतिको साथ । प्रधानमन्त्री र राष्ट्रपतिको संदिग्ध भूमिकाले लोकतन्त्र धरापमा । अब व्यवस्था जोगाउन ओलीको बिकल्प अनिवार्य’, उनले भनेका छन् ।
ओलीले संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेश जारी गरेपछि कांग्रेसका युवा नेता राणाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको भूमिकाप्रति आशंका जनाएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया