गगन थापा सहभागी विरोध प्रदर्शनमा उल्लेख्य सहभागिता

धनगढी । नेपाली कांग्रेस कैलालीले सोमबार धनगढीमा सरकारविरुद्ध भव्य प्रदर्शन गरेको छ ।

कम्युनिस्ट सरकारको कार्यशैलीले बेथिति बढेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

धनगढीको ट्राफिक चौराहादेखि पार्क चोक तथा प्रदेश सभासम्म विरोध प्रदर्शन गरिएको छ ।

विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा, रामजनम चौधरी, प्रदेश सभा सदस्य टेकबहादुर रैका र धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले जानकारी दिएका छन् ।

Published : Monday, 2020 December 14, 2:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया