कांग्रेसकी लोकप्रिय नेतृ एवं सभापति शेरचनको निधन, मुस्ताङमा सरकार विरोधी कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमितिकी सदस्य श्रीमती पुष्पा शेरचनको निधन भएको छ ।

थासाङ्ग गाउँपालिका–२ नेपाली कांग्रेसकी सभापति समेत रहेकी शेरचनकी सोमबार निधन भएको कांग्रेस नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले जानकारी दिएका छन् ।

कांग्रेस नेता थकालीले शेरचनको निधनबाट मुस्ताङ जिल्ला शोकमा परेको बताएका छन् ।

‘श्रीमती पुष्पा शेरचनको निधनबाट मुस्ताङ जिल्ला मात्र नभएर मुलुकले नै प्रजातान्त्रिक आन्दोलनको एक कर्मठ, निर्भिक र जुझारू योद्धा गुमाएको छ’, कांग्रेस नेता थकालीले भनेका छन् ।

‘पुष्पा शेरचनको दुःखद् निधनबाट म र नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमिति अत्यन्त मर्माहत भएका छौँ’, उनले भनेका छन् ।

दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै कांग्रेस नेता थकालीले नेपाली कांग्रेस मुस्ताङले सोमबार आयोजना गर्ने भनिएको कम्युनिस्ट सरकारविरुद्धको कार्यक्रम स्थगित गरिएको नेता थकालीले जानकारी दिएका छन् ।
अधिनायकवादी कम्युनिस्ट सरकारको विरोधमा कांग्रेसले सोमबार देशभरि आन्दोलन गर्दैछ ।

Published : Monday, 2020 December 14, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया