सोमबार लगनखेलमा उपस्थित हुन ललितपुर कांग्रेसको निर्देशन, जावलाखेलमा सभा

लगनखेल । नेपाली कांग्रेस ललितपुरले सरकार विरोधी आन्दोलनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

आन्दोलनको तयारी र व्यवस्थापन स्वरुप शनिबार ललितपुर कांग्रेसको जिल्ला कार्यसमितिको बैठक बसेको छ । ललितपुर कांग्रेसले सोमबारको विरोध प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्ताहरूसँग अनुरोध गरेको छ ।

सभापति मदनबहादुर अमात्यले बैठकमा मंसिर २९ गतेको विरोध प्रदर्शनलाई भव्य र सभ्य बनाउन निर्देशन दिएको जिल्ला सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए । अमात्यले कांग्रेसका नेता कायर्कता र शुभेच्छुक सबैलाई विरोध प्रदर्शनमा सहभागी हुन निर्देशन पनि दिएका छन् ।

ललितपुर कांग्रेसले सोमबारको विरोध प्रदर्शनको लागि आवश्यक पर्ने पार्टीको झण्डाको व्यवस्थापन समेत गरेको छ ।

मंसिर २९ गते सोमबार बिहान ११ बजे लगनखेलमा जम्मा भएर मंगलबजार, गाबाहाल, पुल्चोक हुँदै जावलाखेलमा पुगेर समापन गर्ने निर्णय भएको युवा नेता एवम केन्द्रीय खेलकुद विभागका सचिव समेत रहेको महर्जनले जानकारी दिए ।

ललितपुर कांग्रेसको विरोध सभालाई कोषाध्यक्ष सीतादेवी यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

Published : Sunday, 2020 December 13, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया