भक्तपुर कांग्रेसको सभालाई निधिले सम्बोधन गर्ने, यसरी हुँदैछ तयारी
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले मंसिर २९ गतेको सरकार विरोधी कार्यक्रमलाई भब्य बनाउने तयारीका साथ गृहकार्य गरेको छ ।
जिल्ला कार्यसमिति भक्तपुरले सचिव उद्धव सिलवालको संयोजकत्वमा समिति गठन गरेर तयारी गरेको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिए ।
‘पार्टी सभापति दुर्लभ थापाको निर्देशनमा मंसिर २९ गतेको तयारी हामी सबैले गरिरहेका छौँ’, अध्यक्ष थापाले भने, ‘यस पटकको विरोध प्रदर्शनलाई भब्य बनाउने तयारी छ ।’
भक्तपुरको विरोध सभालाई पार्टीका उप–सभापति विमलेन्द्र निधि, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।
साढे १२ बजे सल्लाघारीमा जम्मा भएर अरनिको राजमार्ग हुँदै सूर्यविनायक पुगेर विरोध सभामा परिणत हुने कार्यक्रम छ ।
विरोध प्रदर्शनमा भक्तपुर कांग्रेसले भ्रातृ संस्थाहरूलाई सहभागी हुन निर्देशन दिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया