शोकमा भोजपुर तरुण दलका अध्यक्ष बस्नेत
भोजपुर । नेपाल तरुण दल भोजपुरका जिल्ला अध्यक्ष सरोज बस्नेतलाई शोक परेको छ ।
अध्यक्ष बस्नेतकी हजुर आमा पूर्णकुमार राईको ९४ वर्षको उमेरमा निधन भएको हो । राई ट्याम्केमयुङ गाउँपालिका–४ नागीमा बस्दै आएकी थिइन् ।
भोजपुर तरुण दलका अध्यक्ष बस्नेतकी हजुर आमा स्व.राई मामाघरतिरकी हजुर आमा हुन् । उनको शुक्रबार निधन भएको हो ।
अध्यक्ष बस्नेतलाई शोक परेकोमा भोजपुर तरुण दलले दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
नेपाली कांग्रेस भोजपुरले पनि तरुण अध्यक्ष बस्नेत शोकमा परेको भन्दै समवेदना प्रकट गरेको छ ।
नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता उत्तम चापागाइँले पनि भोजपुर तरुण दलका अध्यक्ष बस्नेत शोकमा परेको भन्दै समवेदना प्रकट गरेका छन् । चापागाइँले निधन भएकी स्व.राईप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया