काठमाडौं कांग्रेसका पूर्वसभापतिको निधन, खाँणद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं काठमाडौं जिल्लाका पूर्व सभापति श्यामलाल श्रेष्ठको निधिनले मर्माहत तुल्याएको जनाएका छन् ।
प्रमुख सचेतक खाँणले शुक्रबार शोक विज्ञप्ति जारी गरेर प्रजातान्त्रिक सेनानी तथा अग्रज नेता श्रेष्ठको निधनले मर्माहत तुल्याएको जनाएका हुन् ।
श्रेष्ठको काठमाडौंस्थित मोडल अस्पतालमा उपचारको क्रममा शुक्रबार असामयिक दुःखद् निधन भएको कांग्रेसले जनाएको छ ।
‘नेपालमा भएका हरेक प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको योगदान भुल्न सकिँदैन’, खाँणले भनेका छन् ।
स्व. श्रेष्ठ वि.सं. २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्धमा भएको क्रान्तिको क्रममा बमकाण्डमा पक्राउ परेका थिए ।
बहुदलीय व्यवस्थाको स्थापनाका लागि भएका आन्दोलनहरूमा क्रियाशील रहँदा उनी गिरफ्तारी भएका थिए । त्यस बेला श्रेष्ठ ११ वर्षभन्दा बढी समय बन्दी जीवन व्यतित गरेका थिए ।
‘नेपाली कांग्रेस पार्टीको संगठन विस्तार र सुदृढीकरणमा उहाँको अतुलनीय योगदान रहेको छ’, प्रमुख सचेतक खाँणले भनेका छन् ।
‘नेपाली राजनीतिमा उहाँ एक निष्ठावान, शालिन र भद्र नेताको रुपमा परिचित हुनुहन्थ्यो’, उनले भनेका छन्, ‘श्रेष्ठ जस्तो एक कुशल नेताको निधनले सिङ्गो मुलुक र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।’
‘आदरणीय नेता श्यामलाल श्रेष्ठको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना साथै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, शोक विज्ञप्तिमा खाँणले भनेका छन् ।
‘शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ’, खाँणले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया