ललितपुरमा किशोरीलाई जवरजस्ती यौनसम्पर्क राख्दा पक्राउ
ललितपुर । ललितपुर जिल्लामा १६ वर्षीया किशोरी ममता (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
महालक्ष्मी नगरपालिका–८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठले ममतालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ । उजुरी परेपछि बुधबार दिउँसो प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रीकृष्णले ती किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको आरोप छ ।
किशोरीलाई जवरजस्ती यौनसम्पर्क राखेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Published : Thursday, 2020 December 10, 12:43 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया