कांग्रेस नेता सिटौलाले बोलाए छुट्टै बैठक, गगन थापा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई लिएर गरमागर्मी बहस चलिरहेका बेला नेता कृष्ण सिटौलाले आफू निकटका नेताहरूको बैठक बोलाएका छन् ।

सिटौलाले काठमाडौंस्थित आफ्नै निवासमा बिहीबार बैठक बोलाएको स्रोतले जनाएको छ ।

सिटौलाले आफू निकटका केन्द्रीय नेता, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई बैठकका लागि बोलाएका छन् ।

बैठकमा गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, शिव हुमागाइँ, उत्तम चापागाइँ, तारामान गुरुङलगायतलाई बोलाइएको छ । चापागाइँ हाल गृहजिल्ला भोजपुरमा छन् ।

कुन्दनराज काफ्ले, बलदेव तिमल्सिना, युवराज पाण्डेयलाई पनि बोलाइएको छ ।

Published : Thursday, 2020 December 10, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया