प्रचण्ड एक लाख पर्ने मोइबालसँग भुलेपछि बालुवाटारमा खासखुस

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोक्ने मोबाइलका विषयमा सर्वदलीय बैठकमा नेताहरूका बीच खासखुस भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सर्वदलीय बैठकमा मोबाइलसँग दाहाल खेलेपछि नेताहरूका बीच खासखुस भएको एक नेताले बताएका छन् ।

ती नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बैठक चलिरहेको थियो । नेताहरू बोलिरहेका थिए । प्रचण्ड भने टाउको तल बनाएर मोबाइलसँग खेलिरहनुभएको थियो ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीको देब्रेतिरको कुर्सीमा प्रचण्डलाई बस्ने व्यवस्था गरिएको थियो । ओलीको दाहिनेतिर प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बसालिएको थियो ।

ओली र देउवाले बैठकमा उठेका कुराहरूलाई विशेष ध्यान र चासोका साथ सुनिरहेका थिए । ती नेताका अनुसार प्रचण्ड भने मोबाइलमा व्यस्त रहेका थिए ।

प्रचण्डले बोकेको मोबाइल आइफोन रहेको जनाइएको छ । एक लाखभन्दा धेरै मूल्य पर्ने सो मोबाइलमा सबै सुविधा रहेका छन् ।

Published : Tuesday, 2020 December 8, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया