संसदको विशेष अधिवेशन छिटो बालाउनुपर्छः डा.प्रकाशशरण महत
वीरगञ्ज । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले जनताको समस्या राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसदलाई बन्द गरिराख्न उचित नहुने बताए ।
उनले कम्युनिस्ट सरकारसँग तत्काल विशेष अधिवेशन बोलाउन माग गरे ।
उनले देशभित्र उठेका प्रश्नको जवाफ सरकारले संसदको विशेष अधिवेशनमा दिनुपर्ने बताए ।
उनले भने, ‘कोरोना संक्रमण रोकथाम र उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको छ ।’
‘कोरोना संक्रमितको उपचारका लागि पैसा छैन भन्ने तर पार्टीका नेताको व्यवस्थापनका लागि सामान खरिदमा करोडौं संस्थागत भ्रष्टाचार गर्ने ?’, डा.महतले भने, ‘यसले जनता मारमा परेका छन् ।’
‘मुलुकमा भएका भ्रष्टाचार र बेथितिको विरोध गरेकै कारण संसद नै बन्द गरेर लोकतन्त्रलाई बन्धक बनाएर राखिएको छ’, कांग्रेसका सह–महामन्त्री डा.महतले भनेका छन् ।
नेपाली कांग्रेसका युवा नेता डा.महत बारा जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन मंगलबार गएका थिए । उनले स्थानीय नेता कार्यकर्ताहरूसँग भेटवार्ता समेत गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया