किस्पाङमा कांग्रेस नेता लामाद्वारा ‘छोटेन’को उदघाटन, नुवाकोटमा पर्यटनको मूल फुटाउने
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले नुवाकोट जिल्लामा पर्यटन विस्तारका लागि भव्य कार्यक्रमको सुरुवात गरेका छन् ।
कांग्रेस नेता लामाले बुधबार किस्पाङ गाउँपालिकाको फिकुरीडाँडामा पर्यटन क्षेत्र छोटेनको उदघाटन गरेका हुन् ।
झण्डै दश हजार स्थानीय सर्वसाधारणको उपस्थितिमा नेता लामाले पर्यटन विस्तारको सुरुवात गरेका थिए ।
३८ सय मिटरको उचाइँमा रहेको फिकुरीडाँडा हिमाली पर्यटन क्षेत्रका लागि चाहिने हल तथा छोटेनको उदघाटन एवं शीलान्यास गरिएको छ ।
नुवाकोट, रसुवा र धादिङको सिमानामा पर्ने यो क्षेत्रबाट गणेश हिमाल नजिकै देखिन्छ ।
समुद्री सतहदेखि ३८ सय मिटरको उचाइँमा रहेको सो क्षेत्रमा पर्यटन विस्तार गरिने नेता लामाले बताए ।
उनले नुवाकोट जिल्लामा पर्यटनको भरपुर सम्भावना रहँदारहँदै पनि पर्यटनमा पछाडि परेको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता लामासहित नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, नेपाली कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिका पर्वतका अध्यक्ष यामबहादुर मल्ल, किस्पाङ गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेस नेता छत्र लामा, सो वडाका वडाध्यक्ष, सो क्षेत्रका प्रदेश सांसदहरूलगायत स्थानीयको उपस्थिति रहेको थियो ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया