घरमै आफ्नो संस्कृतिअनुसार पर्व मनाउन पाल्पा प्रशासनको अनुरोध
तानसेन । जिल्ला प्रशासन कार्यालय, पाल्पाले कोरोना महामारीका कारण जनजीवन समस्यामा रहेको भन्दै देउसी, भैलो, जुवातास नखेल्न अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सूचना जारी गरेर कुनै पनि प्रकारका भोज भतेर, जमघट र भिडभाड नगर्न र आ–आफ्नो घरमा बसी आफ्नो संस्कृतिअनुरुप चाडपर्व मनाउन जिल्लाबासीहरूलाई अनुरोध गरेका छन् ।
‘शुभ–दीपावली, नेपाल सम्वत, छठ पर्व नजिकिँदै गरेको र देशभर कोभिड–१९ को संक्रमण दिनानुदिन बढिरहेको परिस्थितिमा देउसी, भैलो, जुवातास नखेल्न, कुनै पनि प्रकारको भोज भतेर, जमघट र भिडभाड नगर्न र आ–आफ्नो घरमै बसी आफ्नो संस्कृतिअनुरुप चाडपर्व मनाउन समस्त जिल्लाबासीहरूमा अनुरोध छ’, सूचनामा भनिएको छ ।
‘चाडपर्व मनाउने क्रममा भुईचम्पा र पटाका पड्काउने, आतसबाजी गर्ने जस्ता कार्यहरूबाट जनस्वास्थ्य तथा शान्ति सुरक्षामा असर पर्न जाने हुँदा त्यस्ता बिस्फोटक तथा प्रज्वलनशील पदार्थहरूको खरिद, बिक्री, वितरण ओसारपसार तथा प्रयोग नगर्न–नगराउनु हुन समेत यो सूचना जारी गरिएको छ’, प्रमुख जिल्ला अधिकारी न्यौपानेले उल्लेख गरेका छन् ।
‘यस सूचनाको उल्लंघन गर्ने कार्य प्रचलित कानून बमोजिम सजायको विषय हुनेछ’, सूचनामा कडा चेतावनीसहित भनिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया