ओलीको कम्युनिस्ट सरकारले गर्न नसकेको काम बागमती–३ का वडाध्यक्ष गरेर देखाए

भट्टेडाँडा । ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्बर ३ ले निषेधाज्ञाका बेला दैनिक गुजारा गर्न कठिनाइ भए राहतका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता विष्णुप्रसाद तिमल्सिनाले सूचना जारी गरेर दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने मजदुर, असाहय परिवारहरूलाई राहतका राहतका लागि निवेदन दिन अनुरोध गरेका छन् ।

वडाध्यक्ष तिमल्सिनाले भदौ १९ गतेभित्र निवेदन दिन सूचनामा उल्लेख गरेका छन् ।

कम्युनिस्ट सरकारले निषेधाज्ञा गरेपनि दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका विषयमा कुनै व्यवस्था नगरेका बेला ललितपुरका बागमती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तिमल्सिनाले राहतका लागि पहल गरेका हुन् ।

निषेधाज्ञाका कारणका कारण काठमाडौं उपत्यकामा मजदुर र अति विपन्न परिवारहरू खान नपाएर समस्यामा परेका छन् । खड्गप्रसाद ओली नेतृत्वकाे कम्युनिस्ट सरकारले राहत र खानपिनको व्यवस्था गरेको छैन ।

तर, बागमती– ३ का वडाध्यक्ष एवम् कांग्रेसका युवा नेताले राहतका लागि व्यवस्था गरेपछि ललितपुरमा उनको चर्चा भएको छ ।

Published : Wednesday, 2020 September 2, 6:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया