चीनसँगको झडपमा भारतीय सैनिकको मृत्यु

न्युयोर्क । सिमानामा चीनसँग भएको झडपमा भारतीय विशेष सुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।

द गार्जियनका अनुसार शनिबार राति भएको झडपमा परी ती सैनिकको मृत्यु भएको हो ।

भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए । चीन र भारतीय सीमामा तनाव बढेको छ ।

दुवै पक्षले आधिकारिक रुपमा यो झडपमा भएको हताहतीको विषयमा कुनै जानकारी दिएका छैनन् ।

निर्वासित तिब्बतीयन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झडपको क्रममा मृत्यु भएको बताएकी छिन् ।

दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

Published : Wednesday, 2020 September 2, 2:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया