बुधबारदेखि निषेधाज्ञा बढाउने तयारी, केही खुकुलो हुन सक्ने
काठमाडौं । कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा बढिरहेका बेला काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिएर खुकुलो बनाउने तयारी भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर गरि तीन जिल्लामा निषेधाज्ञा रहेको छ । भदौ १७ गते बुधबार निषेधाज्ञा सकिँदै गर्दा खुकुलो बनाएर निरन्तरता दिने तयारी भएको हो ।
अब हुने निषेधाज्ञा यस पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच छलफल भएको छ ।
निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण गर्ने तयारी छ ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया