कोरोनाबाट मृत्यु हुनेको वृद्धि दर बढ्यो, काठमाडौंमा ३ सहित ४ वर्षीया बालिकाकाे मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिलका रहेकी छिन् ।

महोत्तरीको ३७ वर्षीय पुरुष, सिरहाको ६५ वर्षीय पुरुष, पर्साको ५३, ८० र ६० वर्षीय पुरुषको मृत्यु भएको डा.गौतमले बताए ।

बाराका ६० वर्षीय पुरुष, चितवनका ५२ वर्षीय पुरुष, काठमाडौंका दुई जना ७० र ३५ वर्षीय पुरुष तथा मकवानपुरको ५८ वर्षीय पुरुष रहेको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको डा.गौतमले बताए छन् ।

योसँग नेपालमा २३९ जनाको कोरोनाबाट मृत्यु भएको छ । डा.गौतमले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या वृद्धि भएको जानकारी दिए ।

Published : Tuesday, 2020 September 1, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया