कांग्रेस नेता पौडेलद्वारा राष्ट्रकवि स्व.घिमिरेलाई श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा पुगेर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

कांग्रेस नेता पौडेलले बुधबार बिहान काठमाडौंको लैनचौरस्थित निवास पुगेर स्व.घिमिरेलाई अन्तिम श्रद्धाञ्जलि दिएका हुन् ।

मंगलवार साँझ घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको थियो । स्व.घिमिरेको अन्तिम संस्कार बुधबार पशुपति आर्यघाटमा हुनेछ ।

पौडेलले घिमिरे नेपाल राष्ट्रका ढुकढुकी भएको भन्दै आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतना जगाउनका लागि महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।

स्व.घिमिरेको निधनबाट राष्ट्रले एउटा महान विभूतिलाई गुमाएको वरिष्ठ नेता पौडेलले उल्लेख गरेका छन् ।

पौडेलले दुःखको घडीमा परिवार, समस्त साहित्य प्रेमीहरू तथा र राष्ट्रप्रेमी नेपालीमा समवेदना व्यक्त गरेका छन् । उनले घिमिरेको योगदान अमर रहने बताएका छन् ।

Published : Wednesday, 2020 August 19, 8:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया