प्रहरीको कुरा सुनेपछि मलामीहरूको भागाभाग
गुलरिया । बर्दिया जिल्लामा भीमबहादुर डाँगीको शवको अन्तिम दाहासंस्कार गर्ने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि मलामीहरू घाटबाट भागेका छन् ।
मधुवन नगरपालिका–९ का ७० वर्षीय डाँगीको शवको अन्तिम संस्कार गर्न आफन्तसहित मंगलबार दिउँसो कसुम्बा घाटमा मलामी पुगेका थिए ।
शव खरानी हुँदै गर्दा अन्त्यतिर घाट आइपुगेको प्रहरीले मृतक डाँगीलाई कोरोना पोजिटिभ भएको जानकारी दिएको बताए । त्यसपछि मलामीहरू एक–एक गरेर भागेको जनाइएको छ ।
कोरोनाको जानकारी आएपछि छिन भरमै त्रास छाएको एकजना मलामीले बताए ।
कोहलपुर शिक्षण अस्पतालमा सोमबार राति डाँगीलाई मृत घोषणा गरिएको थियो । शवको स्वाब रिपोर्ट ढिला भएका कारणले आफन्तले अन्तिम संस्कार गर्न घाटमा लगेका थिए ।
शबको अन्तिम संस्कार हुँदाहुँदै प्रहरी कोरोना पोजेटिभ भएको खबर लिएर घाटमा पुगेका थिए । प्रहरीले आफन्त र शव छोएकाको पहिचान गरिसकेको छ ।
अन्य मलामीलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेको मधुवन नगरप्रमुख कृष्ण केसीले बताएका छन् ।
केसीले कन्ट्रयाक्ट ट्रेसिङको आधारमा सबै स्वाब परीक्षणको प्रक्रिया अघि बढाउन स्वास्थ्य प्रमुखलाई निर्देशन दिइसकेको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया