नुवाकोटमा नेकपा र राप्रपाका स्थानीय युवाहरू कांग्रेसमा प्रवेश

नुवाकोट । नुवाकोटमा नेकपा र राप्रपाका स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले नेकपा र राप्रपाका ५५ युवाहरूलाई पार्टी प्रवेश गराएका हुन् । नुवाकोटमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वएमालेका बेलकोटगडीका गाउँ कमिटीका सदस्य कृष्णप्रसाद पुडासैनी, जनक नेपालीसहितका टोली कांग्रेस प्रवेश गरेको छ ।

कांग्रेस प्रवेश गर्नेमा विदुर नगरपालिका–५ का राप्रपाका विनोद चित्रकार, विकाश चित्रकार, पशुपति पुडासैनी, शम्भु कुमाल, महेश लामिछाने, अनिल चित्रकार, विष्णुबहादुर भण्डारी, सुनिल चित्रकार, राजाराम चित्रकार, प्रकाश चित्रकार, सुमन चित्रकार, मीना बराम रहेका छन् ।

राकेश चित्रकार, विशाल चित्रकार, विकास चित्रकार, अरुण चित्रकार, सुवर्णलाल चित्रकार, शंकर चित्रकार, सुरेन्द्र चित्रकार, सुकुमान चित्रकार, राजेन्द्र चित्रकार, शम्शेरलाल चित्रकार, रामकुमार भण्डारी, जनक पारियार, राजु चित्रकार, रवि चित्रकार पनि कांग्रेस प्रवेश गरेका छन् ।

विष्णुलाल चित्रकार, विनिता राजभण्डारी, जीवन चित्रकार, राजदाई चित्रकार, सुरेशकुमार कारन्जित, मानकाजी चित्रकार, पवन श्रेष्ठ, दीपक चित्रकार, विनोद चित्रकार लगायत ५५ जनाभन्दा धेरै युवाहारू नेपाली कांग्रेसमा प्रवेश गरेको सभापति केसीले जानकारी दिए ।

नेपाली कांग्रेस नुवाकोटका सभापति केसीले नेकपा र राप्रपा परित्याग गरेर पार्टी प्रवेश गरेकाहरूलाई कांग्रेसमा अन्याय हुन नदिने बताए ।

उनले कम्युनिस्टहरूको कुशासनबाट जनता अजित बनेर कांग्रेसलाई बिकल्पका रुपमा लिएको बताए । उनले कम्युनिस्टहरूको सर्वसत्तावादविरुद्ध मिलेर सामना गर्न अपील पनि गरेका छन् ।

नुवाकोटमा नेकपाका नेता तथा कार्यकर्ताहरू पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गर्दै आइरहेका छन् ।

Published : Tuesday, 2020 August 18, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया