विद्यार्थीलाई बैकल्पिक रचनात्मक कार्यमा लगाऔँः नेविसंघ पर्वत
कुश्मा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्वतले कोरोनाभाइरसको संक्रमणका कारण विद्यार्थीको पठन–पाठन प्रभावित भएको भन्दै चिन्ता जनाएको छ ।
नेविसंघ पर्वतका अध्यक्ष मिलन सुवेदीले मंगलबार विज्ञप्ति जारी गरेर बैकल्पिक व्यवस्थामार्फत विद्यार्थीको पठन–पाठनमा ध्यान दिनुपर्ने जनाएका हुन् । उनले प्रत्येक वडामा विद्यार्थी र शिक्षकहरूको संख्या यकिन गरेर रचनात्मक कार्य गर्नुपर्ने बताएका छन् ।
‘टोलटोलमा शिक्षक र विद्यार्थीबीच नेपाली र अंग्रेजी पढ्ने लेख्ने, कथा, चित्रहरू बनाउने, व्यवहारिक, नैतिक शिक्षा प्रदान गर्ने तथा व्यवहारको अवलोकन गर्ने कार्य गर्नुपर्छ’, अध्यक्ष सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघ पर्वतले कोरोना महामारीबाट विद्यार्थीलाई पर्न गएको समस्या तथा समयको सदुपयोग गर्न शिक्षण सामग्री कस्तो खालको बनाउने भनेर गृहकार्य आवश्यक रहेको जनाएको छ ।
कोरोनाको समस्या लम्बिदै जाँदा विद्यार्थीमा शैक्षिक अभिरुचिनै खस्किन गई भविष्यमा विद्यालय छाड्ने दर वृद्धि हुनेमा समेत नेविसंघले चिन्ता जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया