राष्ट्रकवि घिमिरेको निधन, देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौंमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको परिवारजनले बताएका छन् ।
उनको जन्म विक्रम संवत १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।
उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरूमा सिर्जना दिँदै आइरहेका थिए ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि घिमिरेको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
Published : Tuesday, 2020 August 18, 7:12 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया