पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सातको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले सात जनाको मृत्यु भएको जनाएका हुन् ।

उनले काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, तनहुँ र कास्कीका एक–एक जना गरि सात जनाको मृत्यु भएको बताए ।

तनहुँमा महिला र अन्य जिल्लामा पुरुषहरूको मृत्यु भएको डा.गौतमले बताए ।

Published : Tuesday, 2020 August 18, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया