जनताको पीडा देख्न सकेन कांग्रेसले, काठमाडौंबाट पठायो यी जिल्लामा ४० लाख

काठमाडौं । नेपाली कांग्रेसले ३० जिल्लाका बाढीपहिरोपीडितलाई आर्थिक सहोग गरेको छ ।

कांग्रेसले ‘स्नेहको सानो सहयोग’ भनेर तीस जिल्लाहरूमा एक लाख पचास हजार रुपियाँका दरले पैंतालीस लाख रुपियाँ जिल्ला कार्यसमितिहरूलाई पठाएको छ । सो रकम नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले बाढीपहिरोपीडितहरूलाई वितरण गर्नेछन् ।

कांग्रेसले लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी र पर्सा जिल्लाहरूलाई रकम पठाएको छ ।

त्यसैगरी, कांग्रेसले धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीलाई पनि रकम पठाएको छ ।

‘उद्वार र राहतको अभियानमा संलग्न विभिन्न तहका साथीहरूको उच्च सह्राना गर्दै मानवीय कर्ममा थप कृयाशीलताका लागि आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘कोरोनाको कहर छंदै थियो, बाढी–पहिरोले जनधनको क्षति गरेर हाम्रो पीडामाथि पीडा थपिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो समयमा मानवीय कर्तव्य निर्वाह गर्न हामी सबै आ–आफ्नो ठाउँबाट जुट्न जरुरी छ ।’

‘नेपाली कांग्रेस हरेक मानवीय पीडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा कार्य गर्दै आएको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्लास्तरीय अभियानलाई बल पु¥याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट सहयोग गरेका छौँ ।’

Published : Tuesday, 2020 August 18, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया