वर्कसपहरू भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय
काठमाडौं । नेपाल अटोमेकानिक्स व्यवसायी संघले सवारी साधन मर्मतसम्भार गर्ने वर्कसपहरू बन्द गर्ने निर्णय गरेको छ ।
संघले कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै वर्कसपहरू १५ दिन बन्द गर्ने निर्णय गरेको हो ।
अटो वर्कशपहरू असुरक्षित भएको भन्दै संघले भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
सघंले १५ गतेसम्म आफ्नो वर्कसप सञ्चालन नगर्ने र अत्यावस्यक सवारी साधनहरूमर्मत गर्नुपरेमा वर्कशपमा माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता एल्कोहोल–बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र गर्न आग्रह गरेको छ ।
Published : Monday, 2020 August 17, 8:06 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया