काठमाडौंसहित देशभरि कोरोनाबाट तीन जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट तीन जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं, रौतहट र मोरङमा गरि तीन जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय एक पुरुष रहेका छन् । मोरङ जिल्लाका ६० वर्षीय एक पुरुष र काठमाडौंमा ५८ वर्षीया महिलाको कारोनाभाइरसको संक्रमणबाट मृत्यु भएको डा.गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

Published : Monday, 2020 August 17, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया