सोमबार कुन जिल्लामा कति कोरोना संक्रमित ? ५८१ जनामा संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले महिला १७३ र पुरुष ४०८ गरी देशभरि जम्मा ५८१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

डा.गौतमले काठमाडौं उपत्यकामा १६८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको बताए । उनले काठमाडौंमा १३९ जना, ललितपुरमा १५ जना र भक्तपुरमा १४ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

डा.गौतमले बाँकेका २४, सल्यानका १, बाराका ५९, पर्साका ७७, सप्तरीका १, मोरङका ४०, धनुषाका ३, झापाका १, सुनसरीका ३१, डडेल्धुराका १, काभ्रेका ४, महोत्तरीका २, दैलेखका १, जुम्लाका ३, नवलपरासीका १, रुपन्देहीका ३२, कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनले रौतहटका ११, सर्लाहीका १७, सिन्धुपाल्चोकका ५, कास्कीका १३, नवलपुरका १, स्याङजाका ४, झापाका ७, तनहुँ २, सुर्खेतका १, अर्घाखाँचीका १, प्यूठानका २८, दाङका २, कैलालीका १६, कञ्चनपुरका १२, मकवानपुरका ३, धादिङका ४, चितवनका १ र नुवाकोटमा १ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको बताएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भइ १६० जना डिस्चार्ज भएको डा.गौतमले बताए । योसँगै हालसम्म १७ हजार ४ सय ९५ जना निको भइसकेका छन् ।

Published : Monday, 2020 August 17, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया