कांग्रेसले बाढीपहिरोपीडितलाई ४५ लाख दिने, जिल पर्‍यो कम्युनिस्ट सरकार

काठमाडौं । कम्युनिस्ट सरकारले बाढीपहिरोपीडितका समस्याको सुनुवाइ नगरेको भनेर गुनासो भइरहेका बेला नेपाली कांग्रेसले ४५ लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ ।

कांग्रेसले ३० जिल्लाका बाढीपहिरोपीडितलाई ४५ लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको हो ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले ३० वटा जिल्ला कार्यसमितिले पीडितलाई वितरण गर्ने गरी प्रतिजिल्ला डेढ लाखको दरले आर्थिक सहयोग उपलब्ध गराउने बताइन् ।

सहयोगका लागि जिल्लाबाट आएको मागअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले सहयोग उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

आर्थिक सहयोग पाउने जिल्लामा लमजुङ, सिराहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा छन् ।

धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धादिङ, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की छन् ।

कम्युनिस्ट सरकारले बाढीपहिरोपीडितका मागको सुनुवाइ नगरेको भनेर आलोचना भइरहेको छ । यस्तो अवस्थामा कांग्रेसले पीडितको आवाज सुनुवाइ गरेको छ ।

Published : Monday, 2020 August 17, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया