पछिल्लाे २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सा र मोरङमा एक–एक जना गरी दुई जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको जनाएका हुन् ।

मृत्यु हुनेमा मोरङकी महिला र पर्साका पुरुष रहेको प्रवक्ता डा.गौतमले बताए ।

Published : Sunday, 2020 August 16, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया