प्रहरी मुख्यालयमा एक करोड काण्डले खैलाबैला

काठमाडौं । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालका प्रहरी सहायक निरीक्षक (असई) दिलीप कार्कीले १ करोडभन्दा धेरै रकम हिनामिना गरेको खुलासा भएको छ ।

रकम हिनामिना गरेको अभियोगमा असई कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा असई कार्कीले १ करोड ८ लाख ९९ हजार १ सय ८४ रुपियाँ हिनामिना गरेको पाइएपछि अख्तियारले पक्राउ गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७४–७५ र २०७५–७६ मा उक्त रकम हिनामिना गरेको अख्तियारले विज्ञप्तिमा जनाएको छ ।

प्रहरीका असईले एक करोडभन्दा धेरै रकम हेडक्वारटभित्रै हिनामिना गरेपछि नेपाल प्रहरीको मुख्यालयभित्र खैलाबैला भएको छ ।

Published : Friday, 2020 August 14, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया