नेविसंघद्वारा लिदी पहिरोका पीडितको उद्धार र राहतका लागि अपील
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) सिन्धुपाल्चोकले जुगल गाउँपालिका–२ लिदी गाउँमा पहरोबाट अधिकांश घरहरू पुरिनुका साथै सर्वसाधारणको ज्यान गएको भन्दै चिन्ता जनाएको छ ।
नेविसंघका सभापति दावा ग्याल्बो लामाले शुक्रबार विज्ञप्ति जारी गरेर पहिरोबाट लिदीमा ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले शोकाकुल परिवारजनप्रति सहानुभति प्रकट गर्दै उद्धार र राहतमा जुट्न अपील गरेका छन् । उनले पहिरोभित्र परेकाहरूको छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका छन् ।
नेविसंघ सिन्धुपाल्चोकका सभापति लामाले पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा राख्न पनि अनुरोध गरेका छन् ।
Published : Friday, 2020 August 14, 2:43 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया