युवाहरू महामारीलाई अवसरका रुपमा बदल्न तयार छाैँ, कार्यक्रम चाहियाेः तरुण उपाध्यक्ष चापागाइँ
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँले कोरोनाभाइरसको महामारीका कारण बाकसमा मृत शरीर आउन बाध्य हराजौँ युवाहरूका बारेमा सोँच्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बुधबार आयोजना गरिएको भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै उपाध्यक्ष चापागाइँले विदेशमा रोजागरीका लागि जाने युवाहरूलाई स्वदेशमै अवसर दिनुपर्ने बताए । उनले धेरै युवाहरू कोरोना महामारीबाट समस्यामा परेको भन्दै स्वदेश आएका युवाहरूलाई उद्यमशील बनाउनुपर्ने बताए ।
‘युवाहरू हाम्रो मुलुकबाट रोजगारीका लागि विदेशिनु परेको अवस्था छ’, उनले भने, ‘हजारौँ युवा विदेशिनु परेका कारण कोरोनाको महामारीले गर्दा युवाहरू स्वदेश फर्किरहेको अवस्था पनि छ ।’
उनले भने, ‘अफ्ठ्यारो परिस्थितिमा घर आउँदै गरेको अवस्था छभने कोही मृत अवस्थामा बासमा बसेर सपना अपुरो बनाएर घर फर्कदै गरेको अवस्था हामीले झेलेका छौँ । आगामी दिनमा यी कठिनाइका बाबजुद युवाले एउटा किसिमको उद्यमशील बन्न पाओस् ।’
कांग्रेसका युवा नेता चापागाइँले मुलुकको परिवर्तनकारी शक्ति युवाहरूले युवा दिवस मनाइरहँदा युवाहरूका समस्यामा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनले कोरोना महामारीले गर्दा संसार अफ्ठ्यारो परिस्थितिमा रहेको भन्दै कठिनाइबाट गुज्रिरहेका युवाका समस्यामा ध्यान दिनुपर्ने बताए ।
‘सबैभन्दा पहिला विभिन्न खालका अफ्ठ्यराहरूलाई समाधान गर्न सक्नुपर्छ, यस्ता खालका महामारीलाई अवसरका रुपमा लिनुपर्छ’, उनले भने, ‘विभिन्न खालका अड्चनबाट सबैभन्दा पहिला एउटा जुझारु युवा मारमा पर्ने रहेछ भन्ने कुरा पनि हामीले बुझेका छौँ ।’
‘मुलुकको व्यवस्था परिवर्तनका निमित्त पटक–पटक आन्दोलनमा होमिएका पनि छौँ । त्यसका लागि युवाहरू नै अग्रपंक्तिमा रहेर भूमिका खेल्नु परेको अवस्था रहेको छ’, चापागाइँले भने, ‘युवाहरूले रोजगारी, उद्यमशीतालगायतका कुरामा पछाडि परेको अवस्था छ । राजनीतिक पार्टीहरूले युवाहरूलाई सत्ता परिवर्तनका निमित्त, सत्ताको सिढीको रुपमा प्रयोग गरेको हामी पाएका छौँ ।’
प्रधानमन्त्री खड्गप्रसाद ओली प्रमुख अतिथि रहेको सो कार्यक्रममा तरुण उपाध्यक्ष चापागाइँले ओलीतर्फ लक्षित गर्दै युवाहरूलाई उद्यमशील र रोजगारमुखी बनाउन सुझाव दिए ।
‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले युवाहरूलाई परिवर्तनका लागि उद्यामशील बनाउनका निमित्त सरकारले कस्तो खालको पोलिसी ल्याउनुपर्छ भन्नेतर्फ नेपाल सरकारको ध्यान जानेछ भन्ने विश्वास लिएको छ’, उनले भने ।
‘यही मुलुकमा बनेका कलकारखानामा काम गर्ने खालको परिस्थिति निर्माण होस्’, उनले भने, ‘प्राविधिक शिक्षालाई वैज्ञानिक बनाएर व्यवहारिक शिक्षातर्फ युवाहरूलाई आकर्षित गराउनुपर्छ ।’
‘हाम्रो मुलुक जो कृषि प्रधान छ, यसलाई आधुनिक कृषि प्रणाली र यस्तो खालको परिस्थितिमा भोलिका दिनमा भोकमरी सम्भावना आउने हुँदा तत्काल उत्पादन हुनेदेखि लिएर हरेक विषयमा उद्यमशील अथवा लगानीमैत्री वातावरण सरकारले सिजर्ना गरोस्’, तरुण उपाध्यक्ष चापागाइँले भने, ‘युवा विदेश पालयन हुनबाट रोक्ने खालको परिस्थिति नेपाल सरकारबाट निर्माण होस् । राजनीतिक पार्टीबाट निर्माण होस् ।’
‘हामीले पनि युवाहरूलाई रोजगारमुखी बनाउन हरतरहको प्रयास गर्नुपर्नेछ । गाउँमा सचेतना जगाउनुपर्नेछ’, चापागाइँले भने, ‘आगामी दिनमा यो खालको परिस्थिति संसारभरि निर्माण भएको छ ।’
‘यो परिस्थितिलाई सामना गर्नका लागि देशभरिका युवाहरू र संसारभरिका युवाहरू एक भएर परिवर्तन गर्नुपर्छ । महामारीलाई रोक्नुपर्छ’, उनले भने, ‘यो महामारीलाई अवसरको रुपमा प्रयोग गरेर हामी उद्यमशील बन्नेछौँ । व्यवसायी र रोजगारमुलक बन्नेछौँ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीका साथै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारसहितका अतिथिहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया