कोरोनाबाट लोकप्रिय नेताको निधन भएपछि कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले धनुषाका नेता एवम् जनकपुरधामका प्रसिद्ध समाजसेवी कृष्ण गिरीको निधन भएको भन्दै श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार शोक विज्ञप्ति जारी गरेर ७३ वर्षीय गिरीको उपचारका क्रममा निधन भएको भन्दै दुःख व्यक्त गरेका हुन् ।

गिरीको साउन २७ गते राति काठमाडौंको मेडिसिटी अपस्पतालमा कोरोनाभाइरस संक्रमणको उपचारका क्रममा निधन भएको थियो ।

स्वर्गीय गिरी जनकपुर नगरपालिकाका पूर्व मेयर समेत हुन् । स्वर्गीय गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

‘कृष्ण गिरीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ’, शोक विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।’

नेपाली कांग्रेसले गिरीको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनहरूमा समवेदना प्रकट गरेको छ ।

Published : Thursday, 2020 August 13, 7:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया