कम्युनिस्टको कथित ‘लालकिल्ला’ खोटाङमा फेरि पहिरो गयो, लोकप्रिय युवाहरू कांग्रेस प्रवेश
खोटाङ । खोटाङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीयस्तरका लोकप्रिय युवा नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बधुबार दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–६ छितापोखरीका आयोजित पार्टी प्रवेश कार्यक्रममा एक दर्जनभन्दा बढी युवा कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेस खोटाङका युवा नेता भुपेन्द्र राईले प्रवेश गराएका छन् ।
नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्नेमा भविन्द्र राई, सुमन लामा, सुजना तामाङ, सुनिता परियार, केमन राई, आशिष राई, विश्व तामाङ, अनिल तामाङ, कैलाश राई, बासीदेव राई, शिवनारायण राई, सरला राई, जफतसिं राई, रामकुमार राई, भोगिन्द्र राई, प्रताप लामा, तीर्थकुमार राईलगायतका रहेका छन् ।
नेकपाले जनचाहना अनुसार काम नगरेको र संधै झुटको राजनीति गरेको भन्दै उनीहरूले नेकपा परित्याग गरेको घोषणा गरेका हुन् ।
नेकपा जनताको सुःख दुःखको पार्टी कुनैपनि हालतमा हुन नसक्ने भन्दै उनीहरूले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको हावादारी कार्यबाट देशको समृद्धि हुन नसक्ने बताए । उनीहरूले कांग्रेसमा प्रवेश गर्नुको विकल्प नभएकाले नेकपा छाडेको बताए ।
नेकपा छाडेर कांग्रेस प्रवेश गरेका युवाहरूले जनताको हितमा काम गर्ने पार्टी देशमा कांग्रेसमात्र भएको बताए । उनीहरूले झुठको खेती गर्ने कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा गोलबन्द हुन अपील गरेका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–६ छितापोखरीको दुधिले भञ्ज्याङमा आयोजना भएको कांग्रेसको भेटघाट कार्यक्रमका अवसरमा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता भुपेन्द्र राईले पार्टीको झण्डासहित अबिर लगाएर स्वागत गरेका छन् ।
नेता राईले देशको समृद्धि युवाबाटै सम्भव भएकाले कांग्रेसमा रहेर देशको समृद्धिको खाका कोर्न र भ्रष्टचार, वेथितिविरुद्धमा लाग्न अनुरोध गरेका छन् ।
कार्यक्रममा खोटाङ कांग्रेस जिल्ला सदस्य शरणकुमार राई, नेता बसन्त राई, क्षेत्रीय उपसभापति चण्डीराज राई, नेपाल तरुण दल जिल्ला सचिव कबिन राई, नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राई, गाउँ पार्टी सभापति लक्ष्मीकुमार थापा, वडा पार्टी सभापति अमृत खड्कालगायतको उपस्थिति रहेको थियो ।
खोटाङ जिल्लालाई कम्युनिस्टहरूले आफ्नो लालकिल्लाका रुपमा चिन्छन् । भ्रष्टाचारमा लागेर कम्युुनिस्टहरू अलोकप्रिय बनेपछि लालकिल्ला धमाधम भत्किन थालेको छ ।
यसअघि, नेकपाका थुप्रै नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरिसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया