तरुण अध्यक्ष पाख्रिनको निधन, अध्यक्ष बस्नेतद्वारा शोक व्यक्त
काठमाडौं । चितवन जिल्लास्थित नेपाल तरुण दल कालिका नगर समितिका अध्यक्ष हिक्मत पाख्रिनको निधन भएको छ ।
पाख्रिनको ललितपुरका हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारका क्रममा साेमबार निधन भएको हो । उनले क्यान्सर रोगको उपचार गराउँदै आएका थिए ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कालिका नगर समितिका अध्यक्ष पाख्रिनको नधिनले आफू दुखी भएको बताएका छन् ।
‘नेपाल तरुण दल चितवन जिल्ला कालिका नगर समितिका अध्यक्ष हिक्मत पाख्रिनको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारका क्रममा दुःखद् निधन भएको खबरले नेपाल तरुण दल केन्द्रीय कार्यसमितिलाई स्तब्ध बनाएको छ’, शोक वक्तव्यमा भनिएको छ ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो’, बस्नेतले भनेका छन्, ‘उहाँको निधनबाट नेपाल तरुण दलको एक होनहार तरुण गमाएको छ ।’
‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आमात्मको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक समवेदना प्रकट गर्दछ’, अध्यक्ष बस्नेतले शोक वक्तव्यमा भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया