कांग्रेस नेता तिमिल्सिनाद्वारा शिक्षकमाथि राजनीतिक पूर्वाग्रही नहुन चेतावनी
बर्दिया । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले बर्दिया जिल्लास्थित ठाकुरबाबा नगरपालिकाले राजनीतिक अस्थाका आधारमा शिक्षक र प्रधानाध्यापकहरूको सरुवा गरेको भन्दै आपत्ति जनाएका छन् ।
तिमिल्सिनाले शुक्रबार प्रेस नोट जारी गरेर राजनीतिक आस्थाका आधारमा शिक्षकहरूलाई अन्याय नगर्न चेतावनी दिएका छन् । ‘सत्ता र शक्तिको आडमा शिक्षक र प्रधानध्यापकलाई बद्नीयतपूर्वक सुरुवा गर्ने कार्य मान्य छैन’, उनले भने, ‘ठाकुरबाबा नगरपालिकाको शिक्षा शाखाको कार्यशैली तत्काल सच्चिनुपर्छ ।’
नेपाली कांग्रेसका युवा नेता तिमिल्सिनाले शिक्षक र प्रधानाध्यापकलाई गरिएको व्यवहार नसुध्रिए बर्दिया कांग्रेसले कडा कदम उठाउन बाध्य हुने चेतावनी दिएका छन् ।
‘आजका बालबालिका भोलिका मुलुकका कर्णधार हुन्’, उनले भने, ‘उनीहरूलाई कर्णधार बनाउन शिक्षकहरूको महत्वपूर्ण योगदान रहन्छ ।’
उनले भने, ‘शिक्षकहरू केवल विद्यार्थीलाई कसरी उपयुक्त शिक्षा दिएर योग्य र सक्षम बनाउने भन्नेमै ध्यान दिन्छन् ।’
‘राजनीतिक आस्था, धनी र गरिब केही नहेरी भविष्यमा नीति निर्माण तहमा पुग्ने जनशक्ति उत्पादनमा अहोरात्र खटिएका शिक्षक र प्रधानाध्यापकलाई बर्दियाको ठाकुरबाबा नगरपालिकाले राजनीतिक आस्थाका आधारमा बदनियतपूर्वक तरिकाले सरुवा गरेको छ’, युवा नेता तिमिल्सिनाले भने, ‘सत्ता र शक्तिको आडमा शिक्षाजस्तो पवित्र स्थानमा राजनितिकरण गर्ने नगरपािलकाको शिक्षा शाखाको निर्णय नेपाली कांग्रेसलाई मान्य छैन ।’
‘अझ कानून नै हेर्ने हो भने नगरपालिकाको शिक्षा शाखालाई प्रधानाध्यापक सरुवा गर्ने अधिकार छैन’, उनले चेतावनी शैलीमा भनेका छन्, ‘कांग्रेस प्रजातन्त्र स्थापनाकालदेखि नै शिक्षा र स्वास्थ्यको निष्पक्षताको विषयमा आवाज उठाउँदै आएको सर्वविदितै छ ।’
‘अहिले पनि नियम र कानून मिचेर ठाकुरबाबा नगरपालिकाले गरेको शिक्षक र प्रधानाध्यापक सरुवाको निर्णय नसच्याइए कडारुपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिन चाहन्छु’, तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका कांग्रेस नेता तिमिल्सिनाले भनेका छन् ।
कम्युनिस्टहरूले जितेको ठाकुरबाबा नगरपालिकाले राजनीतिक पूर्वाग्रही भएर नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघमा आबद्ध शिक्षक र प्रधानाध्यापकहरूको सरुवा गरेपछि कांग्रेस नेता तिमिल्सिनाले आपत्ति जनाएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया