काठमाडाैं उपत्यकामा थपिए काेराेनाका ६२ संक्रमित, देशभरि ३८१ मा संक्रमण

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार देशभरि कोरोनाका ३ सय ८१ संक्रमित भेटिएकाे जनाएकाे छ ।

बुधबार मन्त्रालयमा भएकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३८१ नयाँ संक्रमित भेटिएकाे बताए ।

काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका छन् । २४ घन्टामा काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.गाैतमले बताए ।

२४ घन्टाको अद्यावधिक विवरण सुनाउने क्रममा मंगलबार पनि ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

याेसँगै नेपालमा हालसम्म संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । विगत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भई घर फर्किएका छन् । डा.गौतमले हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएको जानकारी दिए ।

 

Published : Wednesday, 2020 August 5, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया