स्याङजाका तरुण अध्यक्षद्वारा पहिरोपीडितलाई ३८ हजार सहयोग प्रदान

स्याङजा । नेपाल तरुण दल स्याङजाका अध्यक्ष एवम् गण्डकी प्रदेशका प्रदेशका सांसद भागवतप्रकाश मल्लले बाढीपहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

अध्यक्ष मल्लले शनिबार गल्याङ नगरपालिका– १० निवासी यामकुमारी सारुको परिवारलाई समवेदना व्यक्त समेत गरेका छन् । उनले समस्यामा परेको सारुको परिवारलाई आर्थिक सहयोगका साथै आगामी दिनमा सहयोगको प्रतिवद्धता जनाएका छन् ।

तरुण अध्यक्ष एवम् सांसद मल्लले आफ्नो व्यक्तिगत तर्फबाट राहत स्वरूप नगद रू. १५ हजार र नेपाली कांग्रेस गल्याङ नगर कार्यसमितिको तर्फबाट नगद रू. २३ हजार ४ सय ५० गरी जम्मा रू. ३८ हजार ४ सय ५० रुपियाँ पहिरोपीडितको परिवारलाई हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस स्याङ्जा– २ र नेपाली कांग्रेस गल्याङ नगर कार्यसमितिका नेता तथा कार्यकर्ताहरू आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा सहाभगी भएका थिए ।

तरुण दल स्याङजाका अध्यक्ष मल्लले विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन् ।

Published : Saturday, 2020 August 1, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया