कांग्रेसले सुन्याे औषधि बिक्रेताहरू समस्या, मागको सुनुवाइ गर्न डा.महतकाे अपील

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले औषधि बिक्रेताहरूको मागको सुनुवा हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली औषधि बिक्रेता संघका प्रतिनिधिहरूसँग भएको छलफलमा डा.महतले कोरोना भाइरसको महामारीका कारण औषधि बिक्रेताहरूले ठूलो समस्या भोग्नुपरेको बताए ।

औषधि व्यवसायीहरूको व्यवसाय झन् जोखिमपूर्ण रहेको भन्दै डा.महतले सरकारले विशेष चासो र ध्यान दिनुपर्ने बताएका छन् ।

सरकारले जनताको जीवन रक्षाका लागि उचित व्यवस्था नगर्दा महामारीबाट त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

समितिले औषधि बिक्रेताहरूसँग महामारीको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा छलफल गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस अनुगमन समितिका सदस्यहरू एनपी साउद, डा.प्रभु बुढाथोकी र नेपाली औषधि बिक्रेता संघका पदाधिकारी एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2020 July 31, 2:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया