कांग्रेस नेता गिरीद्वारा दाङमा स्व.चौधरीप्रति श्रद्धाञ्जलि व्यक्त
घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले दाङ कांग्रेसका नेता यमबहादुर चौधरीप्रति श्रद्धाञ्जलि दिएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ७ सौडियार स्व.चौधरीको निवासमै आइतबार बिहान पुगेर गिरीले श्रद्धाञ्जलि दिएका हुन् । कांग्रेस नेता गिरीले स्व.चौधरीका आफन्तलाई सहानुभूति दिनुका साथै समवेदना प्रकट गरेका छन् ।
स्व.चौधरीको निवासमा कांग्रेसले श्रद्धाञ्जलि दिन स्मृति सभाको आयोना राखेको थियो । गिरीले स्व.चौधरीको निधनले दाङ कांग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् ।
कार्यक्रममा दाङ कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेका नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीले जानकारी दिए ।

Published : Sunday, 2020 July 26, 11:51 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया