कम्युनिस्टले वीपीको तस्बिर फाले, तरुण उपाध्यक्षद्वारा निर्णय सच्याउन चेतावनी

काठमाडौं । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट वीपी कोइरालाको तस्विर हटाएकोमा विरोध जनाएका छन् ।

उपाध्यक्ष चापागाइँले प्रेस नोट जारी गरेर वीपी कोइरालाको तस्बिर हटाउने कार्य निन्दनीय र खेदजनक रहेको बताए । उनले वीपी कोइरालाको तस्बिर तुरुन्त पहिलाकै स्थानमा राख्न माग गरेका छन् ।

चापागाइँले प्रतिष्ठानमा वीपीको तस्बिर पुनः राख्नुपर्ने भन्दै नराखिए तस्बिर हटाउन निर्देशन दिनेहरूलाई नोटिसमा राखिने चेतावनी दिएका छन् ।

कम्युनिस्ट सरकारले देशभरि आतंक मच्चाइरहेका बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट वीपी कोइरालाको तस्बिर हटाइएको छ ।

कांग्रेस र उसका भ्रातृ संस्थाहरूले धरानमा भएको घटनाको विरोध र भर्त्सना गरेका छन् ।

डा.ज्ञानेन्द्र गिरी

निर्वाचनका बेला नेकपा (एमाले)मा प्रवेश गरेका कारण पुरस्कार स्वरुप डा.ज्ञानेन्द्र गिरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा नियुक्ति पाएका थिए ।

तीन महिना अगाडि नियुक्त भएका उपकुलपति डा.गिरीले प्रतिष्ठानबाट वीपीको तस्बिर हटाएका हुन् ।

Published : Sunday, 2020 July 26, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया