कम्युनिस्ट असफल भए, जनताले कांग्रेस खोज्न थालेः महामन्त्री खड्का
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्ट सरकारका कारण देशको अवस्था दिनप्रति दिन बिग्रदै गएको बताएका छन् ।
नेपाली कांग्रेस तरुण विभागका पदाधिकारी र सदस्यहरूलाई शनिबार काठमाडौंमा निर्देशन दिँदै खड्काले सत्ताधारी दलको छिनाझप्टीमा देशको परिस्थिति बिग्रिएको बताए । यस्तो अवस्थामा तरुणहरूले पार्टीको सिद्धान्त, नीति तथा कार्यक्रमलाई गाउँसम्म पुर्याएर कांग्रेसलाई बलियो बनाउन उनले निर्देशन दिए ।
कोरोना र लकडाउनको बहाना बनाएर स्वास्थ्यको भ्रष्टाचार र अनियमितता रोक्ने कार्य नेकपाको सरकारले गरेको खड्काको भनाइ थियो । उनले कम्युनिस्ट सरकारलाई लकडाउन र कोरोना आफ्ना गलत कर्तुतहरू लुकाउने उपयुक्त माध्यम बनेको बताएका छन् ।
कम्युनिस्ट सरकारका कारण जनताले पीडाबोध गरिरहेको महामन्त्री खड्काले बताएका छन् । उनले कोरोना सत्ताधारी दललाई बरदान सावित भएको दोहोर्याए ।
कांग्रेसका लागि प्रतिकुल समय रहेका बेला तरुणहरूले कम्युनिस्ट सरकारले स्वास्थ्य क्षेत्रमा गरेको अनियमितता र भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान चलाउन खड्काले निर्देशन दिएका छन् ।
कम्युनिस्ट सरकारको कु–कृत्यले देश खतरामा जान थालेको उनले बताएका छन् । कम्युनिस्टबाट आजित बनेका जनताले फेरि एकपटक कांग्रेसलाई खोज्न थालेको महामन्त्री खड्काले बताए ।
‘जनतालाई कम्युनिस्टहरूको अन्यौलताबाट बचाउने बेला आएको छ । जनताले फेरि एकपटक कांग्रेसलाई खोजेका छन्’, खड्काले भने, ‘जनतामा अलोकप्रिय बनिरहेका कम्युनिस्टले देशलाई समृद्धि गर्न सक्दैनन् ।’
महामन्त्री खड्काले पार्टीको १४औँ महाधिवेशनमा नेताहरूलाई राप र तापले छोएको बताएका छन् ।
महामन्त्री खड्को उपस्थितिमा विभागका संयोजक एवम् केन्द्रीय सदस्य शंकर भण्डारीले पदाधिकारी र सदस्यहरूलाई लाजिम्पाटको पानीपोखरीमा रहेको कार्यालयमा शपथ खुवाएका छन् ।
विभागले शनिबारदेखि आफ्नो कार्यालयमा औपचारिक रुपमा काम गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया